काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् ।
यद्यपि, उनले दुवै देशबीच सम्झौताको सम्भावना पनि औँल्याएका छन् । शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी ‘एपिक फ्युरी’जस्तै अर्को सानो सैन्य अभियान चलाउन सक्छौँ वा उनीहरूले सम्झौता गर्न सक्छन् ।’
इरानले बुद्धिमत्ता देखाउँदै गम्भीर वार्ताको प्रस्ताव ल्याउनुपर्ने उनको भनाइ छ । तर, इरानले त्यसो गर्नेमा आफूलाई शंका रहेको उनले बताए ।
ट्रम्पले इरानको अर्थतन्त्र विश्वकै खराब अर्थतन्त्रमध्ये एक भएको दाबी गर्दै अमेरिकी कारबाहीबाट इरानले ठूलो आर्थिक तथा सैन्य क्षति बेहोरेको बताए । यसअघि शुक्रबार नै उनले इरानसँगको युद्ध चाँडै अन्त्य गर्न सकिने टिप्पणी गरेका थिए ।
तर, युद्ध तत्काल अन्त्य गर्ने प्रयास गर्ने वा युद्धलाई क्रमशः साम्य हुन दिने भन्ने प्रश्नसमेत उठाएका थिए ।
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend