Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नेपालको जलवायु न्यायको मागलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी


    शनिबार, कार्तिक ८ २०८३
    80
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्।

    चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा लिन विश्व समुदायसमक्ष आग्रह गरिन्।

    पूर्वराष्ट्रपति भण्डारीले सम्बोधनको क्रममा नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको अवस्थालाई दर्शाएको उनको सचिवालयले जनाएको छ।

    भण्डारीले विश्वव्यापी शासन जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदा भएको बताइन्।

    ‘यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न आवश्यक छ,’ भण्डारीले भनिन्।

    संयुक्त राष्ट्रसङ्घीय तथा अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूको दीर्घकालीन र भरपर्दो सहयोग सुनिश्चित गर्दै जलवायु जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तरराष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्नेमा पनि भडारीले जोड दिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार