काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ।
ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए।
‘करिब सात हजार ५० मिटरको उचाइबाट सम्पर्क विच्छेद भएपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री यसअघि नै फेला परेका थिए’, प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘लगातारको खोजीपछि शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब छ हजार ३०० मिटर उचाइमा दुवैको शव फेला परेको छ।’
शव काठमाडौँ पठाउने तयारी भइरहेको र परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइने उनले जानकारी दिए।
गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिख ९असोज २९ गते०देखि सम्पर्कविहीन भएका थिए।
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend