काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ।
आयोगका अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ निवासी पुन मगरले एबी राई(आङबाबु राई)को नामबाट नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा रहेको बताउने व्यक्तिविरुद्ध उजुरी दिएका थिए।
उजुरीमा सहकारीबाट लिएको ऋण फिर्ता माग्दा आफू डीआईजी भएको र उजुरी मिलाइदिने भन्दै ४० लाख रुपैयाँमध्ये १५ लाख नगद तथा कान्छी श्रीमतीको नाममा थप चेक लिएको र धम्की दिँदै रकम माग गरिरहेको आरोप लगाइएको थियो।
उक्त उजुरीमाथि अनुसन्धान गर्दा आङबाबु राईले आफूले उजुरी नदिएको र त्यसमा भएको हस्ताक्षरसमेत आफ्नो नभएको भनी सनाखत गरेका थिए।
त्यसपछि आयोगले गरेको अनुसन्धानका क्रममा पुन मगरले २०८३ असार १७ गते दिएको बयानमा आङबाबु राईको नामबाट आफूले नै उजुरी दर्ता गराएको स्वीकार गरेका थिए।
आयोगका अनुसार अनुसन्धानका क्रममा पुन मगर र आङबाबु राई दुवैले उजुरीमा उल्लेख भएजस्तो कुनै घटना नभएको, कसैले धम्की नदिएको र मुद्दा मिलाइदिने भन्दै रकमसमेत नमागिएको बयान दिएका थिए।
अनुसन्धानबाट सम्बन्धित व्यक्तिको जानकारी र स्वीकृतिबिना नाम तथा हस्ताक्षर प्रयोग गरी दुस्ख र हैरानी दिने बदनियतले झुट्टा उजुरी दिएको पुष्टि भएपछि पुन मगरलाई जरिवाना गरिएको आयोगले जनाएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायत प्रचलित कानुनबमोजिम दुई हजार रुपैयाँ जरिवाना गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend