Nepal Face
  • मंगलबार, २७ असोज २०८३
  • उदयपुरबाट १५९ किलो गाँजासहित एकजना पक्राउ


    मंगलबार, असोज २७ २०८३
    115
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • उदयपुर। बेलका नगरपालिका–५ सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित एकजना पिकअप चालक पक्राउ परेका छन्।

    प्रहरी चौकी लालबजार,उदयपुरबाट प्रहरी सहायक निरीक्षक गोविन्द सापकोटाको कमाण्डमा खटिएको टोलीले गाजा बरामद गरेको हो।

    फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ५२९० नम्बरको पिकअप जाँच गर्ने क्रममा धानको भुसका बोराले छोपेर लैजाँदै गरेको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ। उक्त बरामद गरिएको गाँजा तौल गर्दा १५९ किलो ४०० ग्राम रहेको छ ।

    उक्त गाँजा बरामद गर्नुका साथै पिकअप चालक सप्तरी, सप्तकोशी नगरपालिका –८,आदोरा बस्ने अन्दाजी २८ वर्षीय पशुपति साफीलाई नियन्त्रणमा लिएको छ।

    बरामद गाँजाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार