Nepal Face
  • सोमबार, २६ असोज २०८३
  • प्रहरीले भन्सारमा बुझायो साढे २१ किलो सुन


    सोमबार, असोज २६ २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले थप अनुसन्धान तथा कारबाहीका लागि सुनसहित पक्राउ परेका तीन चिनियाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको बताए ।

    भन्सार कार्यालय पठाइएपछि प्रहरीले आफ्नो पाटोबाट यसका थप नेक्ससहरू पत्ता लगाउन अनुसन्धान भने जारी राखेको । सबै सेक्टरलाई कभर गर्नेगरी अहिले अनुसन्धान टिम बनाएर काम भइरहेको एसएसपी खड्काले बताए ।

    २२ असोजमा अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठको माथिल्लो भंगालबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार