उदयपुर । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा बोलेरो गाडीसहित एक युवकलाई नियन्त्रणमा लिएको छ भने अन्य संलग्न व्यक्तिहरू फरार रहेका छन्।
जिल्लाको चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार-बेल्टार भित्री सडकखण्डबाट प्रहरीले ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको हो।
आइतबार राति २ बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पार्किङ गरी राखिएको बा१४च २२५५ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा २९ वटा बोरामा राखिएको गाँजा फेला पारेको थियो। बरामद गाँजाको तौल बोरासहितको रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, कटारी नगरपालिका-६ स्थित सागुरी पुलनजिकैको जंगलबाट प्रहरीले थप १०० किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कटारीबाट आइतबार राति १०ः२० बजे खटिएको प्रहरी टोलीले पाँचवटा बोरामा राखिएको गाँजासहित ताप्ली गाउँपालिका-२ का करिब २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा राईलाई पक्राउ गरिएको हो। उक्त घटनामा संलग्न अन्य व्यक्तिहरू भने फरार रहेका छन्।
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षक आधारभूत तालिम (१८४औं समूह)पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट...
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा...
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले थप...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताएका छन् । सोमवार...
काठमाडौँ । काठमाडौंबाट धनगढी जाँदै गरेको बस नवलपरासी पश्चिम बर्दघाट नगरपालिका -४ मा दुर्घटना भएको छ। दुर्घटनामा चालक,सहचालिकसहित सातजना घाइते भएका छन्। सोमबार बिहान साढे...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend