Nepal Face
  • आइतबार, २५ असोज २०८३
  • कपनको बालउद्दार माविका प्रधानाध्यापकमाथि कुटपिट, २ जना पक्राउ


    आइतबार, असोज २५ २०८३
    155
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र महिला शिक्षिकामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई कपन बस्ने ३६ बर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन् ।

    प्रहरीका अनुसार बिहीबार बिहान १०ः३४ बजे बुढानीलकण्ठ नगरपालिका–१० स्थित विद्यालय परिसरमा शिक्षकलाई कुटपिट गरिएको सूचनापछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको थियो ।

    प्रारम्भिक अनुसन्धानका क्रममा दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई अश्लील तथा अपशब्द प्रयोग गर्दै गालीगलौज, धाकधम्की र अभद्र व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

    त्यसैक्रममा घिमिरेको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का र लात्ती प्रहार गरी कुटपिट गरिएको प्रहरीको भनाइ छ ।

    घटनापछि पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार