काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा काम नगर्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडेको हो ।
आर्थिक वर्ष २०७९–८० देखि ठेक्का सम्झौता गरी दोलखा जिल्लाका विभिन्न स्थानमा निर्माण कार्य अलपत्र पार्ने व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । डिभिजन सडक कार्यालय चरिकोटले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी ठेक्का तोडिएको जनाएको छ ।
त्रिवेणी बिल्डर्सको जिरी–श्यामा–लाप्सा सडक, जिरी–सिक्रे–हावा–भीरकोट–किर्ने रोडको टेण्डर पाएका सूर्य निर्माण सेवा र सुनुवार निर्माण सेवा, तामाकोशी–जिरी रोडको ड्रेन मेन्टिनेन्सको ठेक्का पाएको सम्दुव बज्रपानी कन्ष्ट्रक्सन लगायतका २२ वटा निर्माण कम्पनीका ठेक्का समयमा काम नसकी अलपत्र पारेकाले ठेक्का सम्झौता अन्त्य गरिएको डिभिजन सडक कार्यालय चरिकोटको सूचनामा उल्लेख छ ।
निर्माण व्यवसायीहरुद्वारा निर्धारित समयसीमाभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको, सो पश्चात समेत निर्माण व्यवसायीहरुलाई लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न पटक–पटक अनुरोध गरेको सूचनामा उल्लेख छ ।
कार्य सम्पन्न गर्ने प्रतिवद्धतासहित उपस्थित भई कार्य सुचारु गर्नेतर्फ निर्माण व्यवसायीहरुले तदारुकता नदेखाऊदा आफ्ना करारिय दायित्व पूरा नगरेकाले ठेक्का सम्झौताका शर्तनामाहरु र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) समेतको आधार मानी मिति २०८३ असोज २२को निर्णयानुसार ठेक्का सम्झौता अन्त्य गरिएको जनाइएको छ ।
साथै सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार Post termination Evaluation भई स्थापित हुने रकम सरकारी बाँकीसरह असुल उपर हुने कानुनी व्यवस्था भएकाले यो सूचना प्रकाशित गरिएको मितिले ३० दिनभित्र निर्माण व्यवसायीहरुलाई यस कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्न समेत अनुरोध गरेको छ ।
काठमाडौं । भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति...
काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित चपली क्षेत्रबाट २२ किलो सुनसहित दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा नेपालमा बसेर अवैध...
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो ब्यूरो(सीआईबी)ले विवादास्पद ब्यवसायी नवीनराज बस्नेतलाई शुक्रबार राति मेरियट होटलबाट पक्राउ गरेको छ । शुक्रबार बस्नेतको सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा तारिख...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको मत माग्दैमाग्दै विनिता खड्का पक्राउ परेकी छन । शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले उनलाई...
काठमाडौं । सामाखुसीस्थित सिटी स्क्वायर मलमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले शुक्रबार साँझ छापा मारेको छ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएका इनाम सापकोटालाई पक्राउ गरेलगत्तै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend