Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • चोलेन्द्र प्रकरण : सामाखुसीको सिटी स्क्वायर मलमा सम्पत्ति शुद्धीकरण बिभागको छापा


    शुक्रबार, असोज २३ २०८३
    6.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सामाखुसीस्थित सिटी स्क्वायर मलमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले शुक्रबार साँझ छापा मारेको छ ।

    पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएका इनाम सापकोटालाई पक्राउ गरेलगत्तै बिचौलियाहरु नवीनराज बस्नेत, दीपक तिमल्सिना, नारायण दाहाल र पूर्व न्यायाधीश नवराज थपलियाको घरमा छापा हानेको सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले सामाखुसी चोकमा रहेको सिटी स्क्वायर मलमा भर्खरै छापा मारेको छ ।

    ३३ किलो सुुन प्रकरणमा संलग्न रहेका गुप्तलाल भूसाल (रोशन)को मुख्य लगानी रहेको भनिएको सिटी स्क्वायर मलमा पूर्वप्रधानन्यायाधीश राणा र उच्च अदालतका पूर्व न्यायाधीश नवराज थपलियाको समेत लगानी भएको आशंकामा छापा मारिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभाग निकट स्रोतले बताएको छ ।

    जबरा र थपलियाको रोशन भूसालसँग कनेक्सन देखिएपछि सिटी स्क्वायर मलमा राखेको आशंका गरी छापा मारिएको स्रोतको दाबी छ ।

    भूसालको उक्त बहुतल्ला ब्यापारीक कम्प्लेक्समा पूर्वन्यायाधीशहरु धेरैको लगानी भएको आशंका गरिएको छ ।

    सो मलमा ८० करोडभन्दा बढी लगानी पूर्वन्यायाधीशदेखि बिभिन्न ब्यक्तिहरुको भएको सूचना बिभागमा पुगेपछि छापा मारिएको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार