Nepal Face
  • बिहिबार, ८ असोज २०८३
  • भारी बर्षाको जोखिमलाई मध्यनजर गर्दै पोखरा, बुटवल र बिराटनगरका विद्यालय २ दिन बिदा


    बिहिबार, असोज ८ २०८३
    130
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सम्भावित भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै देशका बिभिन्न स्थानका विद्यालयहरु दुई दिनकालागी बन्द गर्ने भएको छ।

    सम्भावित बाढी, डुबान तथा प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखेरपोखरा, बुटवल र बिराटनगरका विद्यालय बन्द गर्ने निर्णय गरिएको सम्बन्धित स्थानीय प्रसाशनले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।

    जोखिमयुक्त समयमा बालबालिकालाई सुरक्षित राख्न अभिभावकलाई आग्रह गरेको छ। साथै, बालबालिकालाई खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन विद्यालय परिवार तथा अभिभावकलाई अनुरोध गरिएको छ।

    विद्यालय बन्दको निर्णयअनुसार सम्बन्धित सबै विद्यालयले आवश्यक कार्यान्वयन गर्नसमेत निर्देशन दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार