काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले तीनवटै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका हुन् ।
बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले लामिछानेले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले त्यसलाई बलियो बनाएर अघि बढ्न निर्देशन दिएको जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा समेत सभापति लामिछानेले निर्देशनात्मक धारणा राखेका थिए ।
बैठकमा पार्टीको संगठनात्मक गतिविधि तथा पार्टी र राज्यका विभिन्न संरचनाबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५, गौतमश्रीको ६, शिव शिखरका १३, आइडियल यमुनाको...
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेमा यातायात भाडा पनि नबढ्ने बताएका छन्। यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित...
काठमाडौँ। त्रिपुरेश्वरमा बसमा आगजनी गरी चालक समेत घाइते भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक दावा लामाले बा ५...
काठमाडौं । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रूपैयाँ सहयोग गरेको छ । नेपालका लागि चिनियाँ...
काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाले विधेयक सर्वसम्मतिले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend