काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र स्थापित अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन्।
एमाले केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले आफूहरूसँग प्रश्न गर्नुअघि अनुमति लिनुपर्ने बताएका हुन्।
उनले प्रश्न सोध्ने क्रममा माइक अगाडि ल्याएर जबर्जस्ती प्रतिक्रिया लिन खोज्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै त्यसो नगर्न सञ्चारकर्मीलाई आग्रह गरे।
ओलीले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास भन्दै प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग प्रश्न गर्न मिल्ने–नमिल्नेबारे अनुमति लिने र कुराकानी वा भनाइ प्रकाशित गर्नुअघि समेत सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अभ्यास रहेको दाबी गरे।
‘दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने तपाईँसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ,’ ओलीले भने, ‘प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि तपाईँले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ, गरौँ ? भनेर सोध्छ।’
उनले सञ्चारकर्मीलाई आफूले प्रश्न गर्न नचाहेको अवस्थामा समेत माइक अगाडि ल्याएर प्रतिक्रिया लिन खोज्ने शैलीप्रति लक्षित गर्दै भने, ‘तपाईँहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस्।’
ओलीले सञ्चारकर्मीले प्रश्न गर्दा सम्बन्धित व्यक्तिको सहमति र पत्रकारिताको मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५, गौतमश्रीको ६, शिव शिखरका १३, आइडियल यमुनाको...
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेमा यातायात भाडा पनि नबढ्ने बताएका छन्। यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित...
काठमाडौँ। त्रिपुरेश्वरमा बसमा आगजनी गरी चालक समेत घाइते भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक दावा लामाले बा ५...
काठमाडौं । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रूपैयाँ सहयोग गरेको छ । नेपालका लागि चिनियाँ...
काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाले विधेयक सर्वसम्मतिले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend