काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ ।
भरपर्दो र विश्वसनीयका अलावा सस्तो भएकाले केन्द्रीय प्रयोगशालामा रक्तपरीक्षणदेखि दिसा, पिसाब लगायतका परीक्षण गर्न आउनेहरुको संख्या ठूलो छ । तर केन्द्रीय प्रयोगशालाको सेवाप्रवाह प्रणाली अति कमजोर छ । प्रयोगशालामा सेवा लिनका लागि आइतबार र बुधबार अत्यधिक भीड हुने गरेको छ ।
हाल सरकारले दुई दिन बिदा दिँदा सेन्टर ल्याबको सेवाप्रवाह अस्तब्यस्त भएको छ । बिल काट्ने स्थानमा पनि पर्याप्त काउन्टरहरु छैनन् । नागरिकले सबैभन्दा बढी भरोसा गरेको केन्द्रीय प्रयोगशालामा पर्याप्त काउन्टर राखी सेवा दिन सकिन्छ । तर प्रयोगशालाकी प्रमुख डा. रुना झालाई सेवाग्राहीलाई छिटोछरितो सेवा दिनेबारेमा कुनै चिन्ता नै नभएको जस्तो देखिन्छ ।
परीक्षणका लागि स्याम्पल दिने स्थानमा पनि काउन्टरको कमी देखिन्छ । बिल काट्ने र स्याम्पल दिने सेवाग्राहीको अत्यधिक भीड हुने, बस्ने कुर्सी बेन्चको अभाव अति नै छ । अनलाइन टिकट पाउने भनिएको छ तर मात्र प्रिमियर प्याकेजको लागि मात्र त्यो सेवा दिइएको छ । सबै परीक्षणको अनलाइन टिकट छैन । तर सेवाप्रवाहमा भएको यस्तो ढिलासुस्ती हटाउन प्रयोगाशाला प्रमुखको ध्यान जान नसकेको गुनासो ब्याप्त छ ।
सेवाग्राहीको भीड भएको र काउन्टरहरु पर्याप्त नभएकोबारेमा केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) की प्रमुख डा. रुना झाले भनिन्–‘अनलाइन टिकटसमेत गरी ५ वटा काउन्टर छन् । ५ वटाभन्दा बढी काउन्टर राख्ने स्थान पनि छैन, जनशक्ति पनि छैन । भएकै कर्मचारीको करार नवीकरण हुनसकेको छैन । सबै सेवाग्राहीलाई बिहान ८ बजेदेखि ९ बजेकै बीचमा चाहिन्छ । सबैलाई १० बजेभित्रै सेवा चाहिन्छ, जुन संभव छैन ।’
डा. झाको भनाइ छ–‘बिहान नौ बजेदेखि १०, ११ बजे आउने सेवाग्राहीलाई आधा घन्टाभित्रै सेवा दिएका छौं । १२ बजेपछि काउन्टरमा मान्छे नै हुँदैन । एउटै समयमा सेवा दिन सम्भव छैन । टोकन लिएर सेवा लिने सेवाग्राहीलाई राम्रो सेवा दिइरहेका छौं ।’
अनलाइन सेवा प्याकेजमा दिने गरिएको झाले बताइन् । प्रेस्किप्सन नै नबुझ्ने जस्ता समस्याका कारण एउटा परीक्षण गर्दा अर्कै हुनसक्ने भएकाले प्याकेजमा मात्र अनलाइन सेवा दिइएको उनको भनाइ छ ।
कमिसनका कारण स्टोरका दुई सुब्बा केशव काफ्ले र सिताराम दाहाललाई अन्यत्र सरुवा गरियो । गत आर्थिक बर्षको जेठ असारमा निश्चित ब्यापारीलाई ठेक्का पार्ने हिसावले होटल रिसोर्टमा भब्य भोज गरियो, सम्बन्धित कर्मचारीहरुलाई साथमा लिएर । तर सम्बन्धित ब्यापारीलाई केमिकल रिएजेन्ट, यन्त्र उपकरण ठेक्का परेन । त्यसबाट ठूलो विवाद भयो । प्रयोगशालाका हाकिमहरुमाथि तल्लो तहको कमिसन डिल नगरी माथिल्लो तहको आफैं डिल गर्न अग्रसर हुने गरेको आरोप छ ।
पहिलो पटक करिब चार बर्ष जति निर्देशक भएकी डा. रुना झा यो पटक दोश्रो कार्यकाल निर्देशक पदमा कार्यरत छिन् । निश्चित ब्यक्तिहरुलाई साथमा लिएर शासन गर्ने, अन्य सहकर्मीहरुलाइ दबाएर राख्ने निरङ्कुश शैली उनमा हावी रहेको गुनासो प्रयोगशालामा कार्यरत कर्मचारीहरुको छ ।
झाले आफ्नो आलोचना गर्ने केही कर्मचारीहरुलाई जिम्मेबारबिहीन राखेकी छन् । प्रयोगशालामै कार्यरत एक अधिकृतले भने–‘सेन्टर ल्याबमा कार्यरत सबै कर्मचारीहरुलाइ जिम्मेवार कार्य सूचाङ्कसहितको दिएमा सबै नागरिकले सहज रुपमा सेवा पाउने थिए ।’ डा. झाले कर्मचारीलाई बिभेद गरिएकोबारेमा कसलाई बिभेद गरिएको गुनासो आयो नाम भन्नुस् भन्दै त्यस्तो नगरिएको बताइन् ।
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
काठमाडौं । बार्षिक २२ देखि २५ अर्ब रुपैयाँ कारोबार भएका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिका मालिक कमलकिशोर मालपानी र उनका छोरा नितेश...
काठमाडौं । बाढी तथा पहिरोका कारण हैजाको जोखिम बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै जनताको स्वास्थ्यप्रति सचेत तथा संवेदनशील स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गर्ने मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत ५ जनाउपर अख्तियार दुरुपयोग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend