काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनबिच आज (बिहीबार)भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबिच भेट भएको हो।
यस क्रममा प्रधानमन्त्री बालेन र नेकपा नेता पुनबिच हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढी र त्यसपछिका खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको बताइएको छ ।
यस्तै उनीहरूबिच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।
यता नेकपा नेता पुनले चाहिँ भेटमा भोटेकोसीमा बेपत्ता सबै नागरिकको खोजी, उद्धार एवं तत्कालीन र दीर्घकालीन गरी १८ बुँदे सुझाव दिएको बताएका छन्।
यसअघि आजै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि प्रधानमन्त्री शाहसँग भेट गरेका थिए।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend