Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • प्रहरीका उच्च अधिकारीहरू पुलिस ब्याटनमा, मातहतका प्रहरी बाढी प्रभावित नागरिकको उद्दारमा


    बुधबार, भाद्र १७ २०८३
    255
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भदौ १० गते तिब्बतको हिमताल फुटेर रसुवाको टिमुरेदेखि बेत्रावती, नुवाकोटको त्रिशुली र धादिङसम्म बिनाशकारी बाढीले तवाही मच्चायो । सयौं नागरिकको मृत्यु भइसकेको छ । बाढीमा हराएकाहरुको संख्या हजारौं छ ।

    रसुवा बाढीमा नेपाल प्रहरीका २७ जना बेपत्ता छन् । केहीको सब भेटिएको छ । बाढीमा संगठनकै २८ जना प्रहरी बेपत्ता भएको र हजारौं नागरिक हराइरहेको समयमा नेपाल प्रहरीका उच्च अधिकारीहरु भने प्रहरी ब्याटनको निरीक्षणमा निस्किएको खुलासा भएको छ ।

    भदौ १० गते तीन जिल्ला प्रलयकारी बाढीको चपेटामा परेको बेला भदौ १२ गते प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी) सिद्धीबिक्रम शाह भने धनगढीमा प्रहरीको ब्याटनमा सहभागी हुन गएका थिए । उनी प्रहरीको ब्याटनमा भाग लिएका तस्वीरहरुसमेत नेपालफेसलाई प्राप्त भएका छन् ।

    पोलिस ब्याटन–२०८३ को निरीक्षण–अनुगमनको सिलसिलामा एआईजीपी शाह भदौ ११ गते नै धनगढी पुगेका थिए । शाहले देश शोक र विपत्तिमा परेको बेलामा उनले ब्याटनमा गएर सलामी ग्रहण गरेका थिए । जबकि गतबर्ष जेनजी आन्दोलन भएर देश नै आगो लागेका र प्रहरीका सबै संरचना जलेकाले पोलिस ब्याटनमा खटाइए पनि एआईजी मनोज केसी सुदूरपश्चिममा गएका थिएनन् ।

    प्रलयकारी बाढी आएर मृतकको संख्या हजार पुगिसकेको र हजारौं हराउँदा र प्रहरी नै २८ जना बेपत्ता भएको भए पनि नेपाल प्रहरीका आईजीपी प्रभावित क्षेत्रमा टुप्लुक्क एकपटक पुगेर फर्किएर त्यसपछि गएका छैनन् । आईजीपी फिल्डमा पुगेर उनीहरुको मनोबल बढाउनुपर्नेमा एकपटक पुगेर तुरुन्तै फर्किएका थिए । विपत्तिमा परेकाहरुको उद्दारमा प्रहरी फिल्डमा सक्रिय रुपमा खटिरहेका छन् ।

    फिल्डमा खटिएकाहरुको हौसला बढाउन सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेल भने फिल्डमा पुगेर मातहतलाई हौसला दिइरहेका छन् । तर प्रहरीका आईजीपी दानबहादुर कार्की भने अहिलेसम्म एकपटक पुगेर केहीबेर मात्र बसी फर्किएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार