Nepal Face
  • शुक्रबार, २९ साउन २०८३
  • केयूको उपकुलपतिमा प्रा.डा.विवेक बराल नियुक्त


    शुक्रबार, साउन २९ २०८३
    175
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं विश्वविद्यालयकोे उपकुलपतिमा प्रा।डा। विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।

    उनी केयूमै पढेर उपकुलपति हुने पहिलो हुन् । उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरी, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार