Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • स्वास्थ्य वीमा बोर्डको अध्यक्षमा पार्टीका सल्लाहकारको नियुक्ति, रास्वपाको मेरिटोक्रेसी बाचापत्रमै सीमित


    शुक्रबार, साउन १५ २०८३
    160
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बाचापत्रमा राजनीतिक नियुक्ति मेरिटोक्रेसीका आधारमा गर्ने उल्लेख गरेको छ ।

    रास्वपा नेता कार्यकर्ताहरुले विगतमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले राजनीतिक दलका सदस्यहरुमात्र नियुक्ति गरेको योग्यलाई समेत सामाजिक संजालमा झोले भन्दै बदनाम गर्नुसम्म गरेका थिए । तर सरकारमा आएपछि भने रास्वपाले पनि कार्यकर्तालाई नै नियुक्ति दिने क्रमलाई प्राथमिकतामा राखेको छ ।

    बिहीबार पद तथा गोपनीयताको सपथ लिएका स्वास्थ्य वीमा बोर्डको अध्यक्षमा रास्वपाका पूर्व सल्लाहकार डा. सुवास प्याकुरेल नियुक्ति भएपछि उक्त पार्टीको मेरिटोक्रेसी नारामा मात्र देखिएको छ ।

    डा. प्याकुरेललाई २०८० असोजमा रास्वपाले स्वास्थ्य तथा जनसंख्या विभागको सल्लाहकारमा मनोनीत गरेको थियो । जुनबेला विभाग प्रमुख सांसद डा. तोसिमा कार्की थिइन् ।

    वीमा बोर्डको कार्यकारी निर्देशकका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खुल्ला प्रतिस्पर्धाको विज्ञापन समेत गरेको थियो । प्याकुरेललाई नियुक्ति गर्नका लागि एकपटक गरेको बिज्ञापन रद्द गरी पुनः बिज्ञापन गरिएको थियो । पुनः विज्ञापनमा रास्वपाका पूर्वसल्लाहकारलाई छनोट गरी नियुक्त गरेको छ ।

    पहिलाको विज्ञापनमा कार्यकर्ता नपरेपछि रद्द गरिएको आशंका गरिएको थियो, जुन वास्तविकतामा परिणत भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार