Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • साउन १ गतेदेखि बर्डफ्लु संक्रमण नदेखिएको विभागको दावी


    बिहिबार, साउन ७ २०८३
    330
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ।

    काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए।

    तर यही साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण नदेखिएको बिभागले जनाएको छ ।

    पछिल्लोपटक काठमाडौँको गोकणेश्वर(१ सुन्दरीजलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन।

    संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ।

    विभागको तथ्यांकअनुसार चैत ४ गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो।

    यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी बिकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो। मोरङका उर्लाबारी-८ र सुन्दर हरैचा-४ मा पहिलोपटक बर्डफ्लु देखिएको थियो।

    दाहालका अनुसार कमर्सियल लेयर्स बढी प्रभावित भएको थियो।

    यस्तै प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा रोगको संक्रमण भएको थियो।

    हालसम्म ११ जिल्लामा संक्रमण देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार