काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापमा संलग्न देखिए जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुमाथि कडाइकासाथ कारबाही गरिने भएको छ । सशस्त्र प्रहरी बलले मंगलबार विज्ञप्ति जारी गरी अबैध क्रियाकलापमा संलग्न देखिए कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुको आर्थिक सुशासन, कार्यसम्पादन र अनुशासनमा त्रुटि भेटिएमा तत्कालै छानविनमा ल्याई कारबाही गरिने बताएको छ ।
यसैक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत कार्यालयहरुमा कार्यरत सशस्त्र प्रहरी हवल्दार हरिबहादुर मगरसहित तीन जनाको अनुशासन र कार्यसम्पादनमा त्रुटि भेटिएपछि छानबिन शुरु गरेको हो । उनीहरुलाई असार १० गते प्रधान कार्यालयमा झिकाई छानबिन प्रक्रिया शुरु गरिएको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालयहरू मातहत सीमा सुरक्षा गुल्मका गुल्मपति तथा बिओपीका कमाण्डहरुको कार्यसम्पादन कमजोर देखिएपछि ९ जनालाई फिर्ता बोलाईएको छ । त्यस्तै अनुशासनविपरीत कार्य गर्ने ६७ जना कर्मचारीहरुलाई समेत कारवाही गरिएको हो ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमामा राजश्व चुहावट, अवैध क्रियाकलाप, चोरीतस्करी नियन्त्रण कार्यलाई सुदृढ गर्न तथा आर्थिक सुशासन कायम गर्ने हेतुले एउटै जिल्लामा लामो समय कार्यरत रहेका १ हजार ८ सय ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई अन्तर जिल्ला सरुवा गरेको हो ।
सरुवा गरिएका कर्मचारीहरु तराईबाट पहाड र पहाडबाट तराई मिलान गरिएको हो, भने बाँकी सशस्त्र प्रहरी कर्मचारीहरूलाई यसै हप्ता अन्तर जिल्ला सरुवा गरी सकिनेछ ।
संगठनले सीमा अपराध र तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ भने आर्थिक अनुशासन विपरीत कार्यमा संलग्न भएमा जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend