काठमाडौं । नेपाली विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने भनेर खोलिएको बुढानीलकन्ठ नगरपालिकाको हात्तीगौंडास्थित टुंग्राम इन्टरनेशनल एकेडेमीले चर्को शुल्क लिने गरेको छ ।
नेपाली विद्यार्थीलाई निःशुल्क शिक्षा दिने भनी टुंग्राम बुद्धिष्ट फाउन्डेसनका टुङरम ग्याल्टुल शेर्पा (नेपालीमा ठुङरम लेख्ने गरेको) ले अमेरिका, ताईवान, मलेसिया, हङकङ जस्ता देशमा आर्थिक संकलन गर्ने गरेका छन् । तर विद्यार्थीसँग भने चर्को शुल्क लिंदैआएको छ । टुंग्राम इन्टरनेशनल एकेडेमी काठमाडौं उपत्यकाका महंगा विद्यालयमध्येमा पर्दछ ।
फाउन्डेसनका प्रमुख टुङरम ग्याल्टुल शेर्पाले अमेरिकाबाट नेपाली विद्यार्थीका नाममा उठाएको सहयोग रकमले नेपालमा करोडौं करोडको जग्गादेखि सम्पत्ति जोडेको आरोप छ । उनले विद्यालयको नाममा विदेशबाट उठाएको रकम जग्गा र बिभिन्न क्षेत्रमा लगानी गरेको स्रोतको दाबी छ । टुंग्राम बुद्धिष्ट फाउन्डेसनको नाममा भिक्षुको आवरणमा उनले अमेरिकादेखि ताईवानसम्म ठूलो रकम उठाएको र त्यो पैसा विद्यार्थीलाई पढाउनका लागि होइन, ब्यक्तिगत सम्पत्ति जोड्ने र जग्गा खरिदमा लगाएको सरोकारवाला निकायले छानबिन गरेमा खुलासा हुनेछ ।
नेपालमा पैसाकै बलमा राज्यका निकायका कर्मचारी प्रभावमा पारी टुङरमले नागरिकतामा जन्ममितिदेखि रिन्पोछे उपाधीसमेत सच्याएको पाइएको छ । नागरिकतामा उनले उमेर १३ बर्ष घटाएको फेलापरेको छ । उनी सिन्धुपाल्चोकको बाह्रबीसेका भए पनि नागरिकता भने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएका थिए । टुङरमले २०३९ असोज १० गते लिएको नागरिकतामा टुङरम ग्याल्टुल(रिन्पोछे) शेर्पा नाम रहेको छ ।

जन्ममिति २०२५ असार २९ गते लेखिएको छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०५३ साउन ३ मा लिएको दोस्रो प्रतिलिपिमा जन्ममिति २०३७ असार २९ गते उल्लेख गरिएको छ । दोस्रो पटक नागरिकता लिंदा टुङरमले १२ बर्ष उमेर घटाएका छन् । जुन तत्कालीन नागरिकता ऐेनबिरुद्ध हो । नेपाल नागरिकता ऐन, २०२० तथा नियमावली,२०४९ मा नागरिकतामा उमेर, थर सच्याउने ब्यवस्था नै थिएन । तर, ऐनबिरुद्ध टुङरमले नागरिकता सच्याएको पाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इश्वरी पौडेल नागरिकता ऐन २०२० अनुसार नागरिकतामा एक दुई दिन तारिख र गते फरक पर्दा सच्याउन सकिने भए पनि १२ बर्ष उमेर सच्याउने ब्यवस्था नरहेको बताउँछन् ।
टुङरम ग्याल्टुल (रिन्पोछे) शेर्पाको नाममा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०३९ असोज १० गते लिएको नागरिकतामा जन्मस्थान सिन्धुपाल्चोक, तातोपानी गाउँ पंचायत–९ ठेगाना उल्लेख छ । हालको वतन खड्का भद्रकाली पंचायत ६ उल्लेख छ । नागरिकता नम्बर ६६८५–७६४ नम्बर रहेको छ ।
२०५३ साउन ३ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको दोस्रो प्रतिलिपिमा टुङरम ग्यालटुल शेर्पामात्र रहेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २०५३ साउन ३ गते प्रदान गरेको र प्रशासकीय अधिकृत गंगाबहादुर भूजेलको हस्ताक्षर रहेको दोस्रो प्रतिलिपिमा रिन्पोछे शब्द गायब भएको छ । जबकि अघिल्लो नागरिकतामा रिन्पोछे ब्राकेटभित्र राखिएको छ ।
नागरिकताको नम्बर भने दुबैमा ७६४-६६८५ उल्लेख छ । दोस्रो प्रतिलिपीकै नाम र जन्ममितिका आधारमा उनले ८ अगस्त, २०१८ मा टुङरम ग्यालटुल आर शेर्पाको नाममा राहदानी लिएका छन् । पहिलो नागरिकतामा जन्ममिति २०२५ असार २९ गते उल्लेख छ । तर दोस्रो प्रतिलिपिमा टुङ्रम ग्यालटुलको जन्ममिति २०३७ असार २९ गते उल्लेख छ । उनले दुबै नागरिकता बोकेर हिंड्ने गरेको आरोप छ ।
टुङरमले नागरिकता २ वटा र पासपोर्टसमेत २ वटै बनाएको पाइएको छ । उनले २०२५ असार २९ गते्को जन्ममिति भएको नागरिकताका आधारमा बनाएको राहदानी नम्बर ०८६३०५१८ रहेको छ ।
जन्ममिति २०३७ असार २९ गते उल्लेख भएको र २०५३ साउन ३ मा लिएको दोस्रो प्रतिलिपि नागरिकताका आधारमा बनाएको राहदानी नम्बर ११०३६९२८ रहेको छ । दुबै राहदानी टुङरमकै भएको प्रमाण नै नेपालफेसलाई प्राप्त भएका छन् ।
यसरी १२ बर्ष उमेर र उपाधीसमेत सच्याएर प्रतिलिपी लिने र राहदानीसमेत २ वटा प्रयोग गरेका टुङरममाथि नागरिकता ऐन र राहदानी कानुन लागू हुन सकेको छैन । जबकि नागरिकताका उमेर वा उपाधी किन लेखियो र किन सच्याइयो, कानुन अनुसार संजायको भागीदार किन बनाइएन ? भन्ने प्रश्न अनुत्तरित छ ।

उमेरमात्र होेइन, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको दोस्रो प्रतिलिपिमा टुङ्रम ग्यालटुल शेर्पामात्र रहेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २०५३ साउन ३ गते प्रदान गरेको र प्रशासकीय अधिकृत गंगाबहादुर भूजेलको हस्ताक्षर रहेको दोस्रो प्रतिलिपिमा उनको नामबाट रिन्पोछे शब्द गायब भएको छ । जबकि अघिल्लो नागरिकतामा रिन्पोछे ब्राकेटभित्र राखिएको थियो । दुबै नागरिकताको फोटोकपीसमेत हामीले समाचारमा राखेका छौं ।
भिक्षुको आवरणमा निःशुल्क शिक्षा दिने भनेर अमेरिकादेखि ताइवानबाट उठाएको आर्थिक सहयोग ब्यक्तिगत सम्पत्ति र जग्गा जमिन खरिदमा प्रयोग गरिरहेका टुङरमले विद्यालयमा पनि कानुनबिपरीत कर्मचारी भर्ति गरेको आरोप छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend