Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बीपी कोइराला क्यान्सर अस्पतालका अध्यक्ष डा. सिंहले लिए शपथ


    शुक्रबार, असार १९ २०८३
    360
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा।योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।

    नियुक्तिपछि उनले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट छनोट समितिले डा। योगेन्द्रप्रसाद सिंह, डा.अजयकुमार झा र डा.विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो।

    तीमध्येबाट डा।सिंह अध्यक्षमा नियुक्त भएका हुन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा। सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक छन् ।

    पद तथा गोपनीयताको शपथ ग्रहणसँगै उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार