काठमाडौँ। त्रिवि शिक्षण अस्पतालले भोलि (असार १५ गते) देखि स्वास्थ्य बिमा पुनस् सञ्चालनमा ल्याउने भएको छ। शिक्षण अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ओपीडी सेवा मात्र सुचारु गर्ने जनाएको हो।
अस्पताल प्रशासनले ओपिडी टिकट वितरणका लागि निश्चित समय समेत तोकिएको छ। सेवाग्राहीले बिमाको टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २ः३० बजेसम्म बिमा टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्।
अस्पतालले स्वास्थ्य बिमासम्बन्धी थप जानकारी वा कुनै समस्या परेमा अस्पतालको स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न सेवाग्राहीहरूलाई आग्रह गरेको छ।
स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको भन्दै शिक्षण अस्पतालले गत माघ १ गतेदेखि बिमा कार्यक्रम रोकेको थियो। अस्पतालले ६ महिना पछि ओपीडी सेवा मात्र पुन सुरु गर्न लागेको हो।

काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend