काठमाडौँ। कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको सूचनामा दुई दिन पूरक परीक्षा हुने जनाइएको छ ।
नियमित परीक्षार्थीका रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउने छन् ।
परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजामा १ लाख ४७१ जना विद्यार्थी ननग्रेड भएका छन् ।
नियमिततर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । नियमितमा ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् ।
आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३६ हजार ४२० जना ग्रेडेड भएका छन् । यो आंशिकतर्फ मात्र ४२.३८ प्रतिशत ग्रेडेड भएका छन् ।
समग्रमा नियमति र आंशिक गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएका थिए । नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत ६४.१३ प्रतिशत हुन्छ ।
नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको छ । परीक्षा २०८३ वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको थियो ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend