बिहार प्रहरी र एसटीएफको संयुक्त कारबाहीमा हातहतियार र चरेससहित पक्राउ परेका कृष्णकुमार ठाकुर
काठमाडौं । नेपालका कोशीदेखि मधेश प्रदेशका बिभिन्न जिल्ला हुँदै गाँजा भारत लैजाने गरिएको छ । कोशीका धनकुटा, भोजपुरको गाँजा मोरङ र सुनसरीका बिभिन्न नाका हुँदै भारत तस्करी हुने गरेको छ । बागमती प्रदेशको मकवानपुरदेखि मधेशका जिल्लामा उत्पादित गाँजा रौतहट, सर्लाही, बारा, पर्सादेखि महोत्तरी, धनुषा, सिरहा हुँदै भारत जाने गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सेटिङमा गाँजा तस्करी हुँदैआएको छ । छिटपुट रुपमा बरामद भए पनि ठूलो मात्रामा गाँजा तस्करी गरी भारत लाने समूह सक्रिय रहेको छ । पर्सा र बारासँग जोडिएको भारतीय सीमा क्षेत्र होस् कि धनुषाको सीमासँग जोडिएको भारतको बिहार राज्यको मधुवनी, बासोपट्टीमा २०८३ जेठ ३० गते ४ सय १९ किलो गाँजा बरामद भएको छ । धनुषाका बिभिन्न नाकाबाट ठूलो परिमाणमा गाँजा तस्करी हुने गरेको सूचनापछि भारतीय प्रहरीले निगरानी बढाएपछि उक्त गाँजा बरामद भएको बताइएको छ ।
उक्त गाँजा बरामद भएसँगै नेपालबाट गाँजादेखि हतियार तस्करीसम्म गर्ने बिहार जानकीनगरका कृष्णकुमार ठाकुर पक्राउ परेका छन् । उनको पक्राउसँगै गहिरो अनुसन्धान हुने हो गाँजा तस्करीको गिरोहमा को-को छन्, सब खुलासा हुने स्रोत बताउँछ । स्रोतका अनुसार ठाकुरको कनेक्सन खोज्दै जाने हो भने मधेश प्रदेशका एक मन्त्रीदेखि मेयर हुँदै डीआईजीसम्म जोडिनेछन् ।
बिहार प्रहरीले हातहतियार र लागूऔषधसहित पक्राउ गरेका कृष्णकुमार ठाकुर धनुषाको विदेह नगरपालिकामा २ पटक मेयर भएका बेचनदास तत्मा र उनका भाइ मधेश प्रदेशका खेलकुद मन्त्री लखनदास तत्माका अति निकट हुन् । विगत १ दशकयता ठाकुर तत्मा दाजुभाइकै साथमा देखिने गरेको नाम नबताउने सर्तमा धनुषाका एक एमाले नेताले बताउँछन् ।

ठाकुरका बिरुद्ध नेपाल र भारतमा थुप्रै मुद्दा छन् । धनुषाकी स्नेहाकुमारी यादवको हत्यामा समेत जोडिएका ठाकुरको मुद्दा सेटिङमा टुंग्याएका ठाकुर माओवादी जनयुद्धमा चन्दा आतंक मच्चाएर जेल परेका थिए । जुन बेला विदेह नगरपालिकाका मेयर बेचनदास पनि जेलमै थिए । ठाकुर बेचनदाससँग त्यतिबेलादेखि नै जोडिएका थिए ।
३ असोज, २०८२ मा धनुषाको बिदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा सशस्त्र प्रहरी बलले बरामद गरेको ८३५ किलोग्राम गाँजामा पनि कृष्ण ठाकुर जोडिएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयको बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले उक्त गाँजा बरामद गरेको थियो ।
बरामद गाँजा स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाइएको अवस्थामा भेटिएको थियो । उक्त गाँजामा साहका अलावा कृष्ण ठाकुरको नाम आएको थियो । एक महिनाअघि धनुषाको मुखियापट्टी मुसहरनियामा गाँजा बरामद हुँदा कृष्ण ठाकुरको नाम समेत आएको थियो ।

गाँजा तस्करीमा ठाकुरलाई जोगाउने काम भने प्रदेश मन्त्री लखनदासले गरेको आरोप लाग्दैआएको छ । बेचनदास, लखनदाससँग लागूऔषध र हातहतियार काण्डमा पक्राउ परेका बिहार जानकीनगरका कृष्णकुमार ठाकुरको कनेक्सन देखिने धनुषाकै एमालेका एक नेता बताउँछन्– लागूऔषध गाँजा र चरेस तस्करीमा जोडिएका ठाकुर पक्राउ परेपछि उनले प्रयोग गर्दैआएको मोवाइलको कल डिटेल हेर्ने हो भने तत्मा दाजुभाइसँग निरन्तर कनेक्सन देखिनेछ ।
नेपाल प्रहरीसँग मद्दत मागेर कृष्णकुमारको नेपालको मोवाइलको कलडिटेल हेर्ने हो भने मेयर र मन्त्री दाजुभाइदेखि प्रहरीका अधिकारीसँग उनको कनेक्सन देखिने दाबी ती एमाले नेताले गरेका छन् ।
कृष्णकुमार ठाकुर पक्राउ पर्नु १ दिनअगाडि जेठ २९ सम्म पनि प्रदेश मन्त्री लखनदासका बडीगार्डजस्तै हरबखत उनै गाडीमा सवार हुने गरेको सीसीटीभी फुटेज हेर्दा पनि थाहा हुने स्रोत बताउँछ ।
भर्खरै मधेश प्रदेशबाट सरुवा भएका नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियालाई मेयर बेचनदास, मन्त्री लखनदास र उनीहरुका अति निकट भारतीय नागरिक कृष्ण ठाकुरले मामा भनेर सम्बोधन गर्ने गरेको स्रोत बताउँछ ।
कसरी पक्राउ परे ठाकुर ?
२०८३ जेठ ३० गते भारतको बिहार राज्य, मधुबनीस्थित बासोपट्टी थाना क्षेत्रबाट उक्त गाँजा बरामद भएको छ । बिहार प्रहरी र एसटीएफको संयुक्त कारबाहीमा उक्त गाँजासहित पिकअप भ्यान पनि जफत गरेको समाचार भारतीय संचारमाध्यमहरुमा प्रकाशित भएको छ । गाँजा बोकेको भ्यानका चालक, खलासीसहित सडकमा लाइन क्लियर गर्ने एक ब्यक्तिलाई समेत पक्राउ गरिएको भारतीय संचारमाध्यममा उल्लेख छ ।
गाँजा तस्करीको आशंकामा बिहार प्रहरीले खानतलासी लिने क्रममा मधुवनी बासोपट्टी क्षेत्रमा कृष्ण ठाकुरको घरमा छापा मारेको थियो । ठाकुरको घरमा छापामार्दा खुकुरी, तरबार लगायतका हतियारसहित ४ सय ग्राम चरेस पनि बरामद भएका थियो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend