काठमाडौं । स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक संगीता कौशल मिश्रालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मिश्रलाई सफाइ दिएको हो ।
पूर्वमहानिर्देशक मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, शम्भुप्रसाद ढकाल, सीता भन्ने सीता घिमिरे र तिलकराम ढकालले पनि विशेष अदालतले सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रासहित १४ जनाविरुद्ध २०८२ कात्तिक २ गते मेमोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी कार्य सम्पन्न गरिएको र ठेक्का सम्झौताको सर्तअनुसार सम्पूर्ण सामग्री नआईकनै झुटो तथा नक्कली बिलबिजक तयार गरी १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको आयोगको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
ठेक्काको लागत अनुमान १२ करोड ७५ लाख रुपैयाँ स्वीकृत गरिएकामा आपूर्तिकर्ता कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिले १२ करोड ५५ लाख रुपैयाँ प्रस्ताव राखेको थियो । ठेक्का प्रक्रिया सुरु हुनुअघि नै आपूर्तिकर्ता कम्पनीसँग गोप्य विवरण साझा गरिएको र सम्पूर्ण खरिद प्रक्रिया मिलेमतोमै भएको प्रमाणित भएको दाबि अख्तियारको थियो ।
उत्पादन कम्पनी जनरल मेडिकल मिरेटटि इटलीबाट पठाइएको सामानको वास्तविक मूल्य करिब ६ करोड ८५ लाख रुपैयाँ मात्र रहे पनि विभागले झन्डै १४ करोड १८ लाख मूल्यमा भुक्तानी गरेको अख्तियारको दाबी थियो ।
विशेष अदालतले श्रवणकुमार थापा, सुरेन्द्रप्रसाद चौरासिया, आशिष चौहान,पद्या मिश्र र सञ्जयकुमार साहलाई भने भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।
उनीहरूलाई जनही ५ लाख ४७ हजार ८ सय बिगो, २० हजार जरिवाना र ४ महिना कैदको फैसला सुनाएको हो । विशेष अदालतले सप्लायर्स सुन्दर भुसाललाई मतियारको रूपमा दोषी ठहर गर्दै ५ लाख ४७ हजार बिगो र २० हजार जरिवाना तोकेको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend