Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेशम चौधरीलाई तुरुन्त रिहाई गर्न बाबुराम भट्टराईको माग


    शुक्रबार, चैत्र १३ २०७७
    1.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधिक गतिविधिमा संलग्न रहेर जेलजीवन बिताईरहेका रेशम चौधरीलाई तुरुन्त रिहाई गर्नु पर्ने माग गरेका छन्। 

    सरकार गठनमा समेत चौधरीको मुद्दालाई लिएर अडिग भएको जसपाले हिजो माइतीघरमा समेत प्रदर्शन गरेको थियो। 

    यसैबीच पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्तो माग गरेका हुन्। 

    उनले लेखेका छन्, ‘रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र निस्शर्त गर ! थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर ! यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ! यो क्षणिक सत्तास्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !’

    Capture.JPG!

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार