Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मदन भण्डारी गलत हुनुहुन्थ्यो भन्न खोज्नु भएको हो ? : योगेश भट्टराई


    शुक्रबार, चैत्र १३ २०७७
    960
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका नेता  एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टी  एकताको लागि जोड दिएका छन्। 

    पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको असमझदारीले पार्टी टुक्रा पर्नै लाग्दा नेता भट्टराईले यस्तो भनेका हुन्।  

    शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री भट्टराईले एकता कायम गर्न हरसम्भव कोशिस गर्नु पर्ने धारणा राखेका छन्। उनले यदि एकता नभई टुक्रियो भने ठुलो नोक्सानी व्यहोर्नु पर्ने बताएका छन्। 

    उनले लेखेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ । अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।’

    यस्तै नेता भट्टराईले फेसबुकमा लेखेका छन्, २०४७ सालको संबिधानप्रति पार्टीका तर्फबाट कमरेड मदन भण्डारीले २७ बुंदे फरक मत प्रेसित गर्नुभएको थियो । ति २७ बुंदा सबैले एकपटक पढौ । २०४७ कार्तिक २५ गते खुल्लामंचको आमसभामा संबिधानप्रति पार्टीको आलोचनात्मक समर्थन रहेको धारणा राख्नुभयो ।आज तिनै बिषयमा सार्वजनिक बहस हुँदैछ । कतिपयका धारणा २७ बुंदे को बिपरित देखिन्छन । आजका धारणालाई सहि मान्नेले मदन भण्डारी गलत हुनुहुन्थ्यो भन्नखोज्नु भएको हो ?

    y.JPG

    Capture.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार