काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तर्फबाट कैलाली २ बाट सांसदमा निर्वाचित केपी खनालले कलेज र स्थानीय तहसँग समन्वय नै नगरी जथाभावी छात्रबृत्ति सिफारिस गरी कलेजहरुमा विद्यार्थी भर्ना गर्न पठाउने गरेको पाइएको छ ।
सांसद खनालले आफ्नो लेटरप्याडमा कलेजलाई सोध्दै नसोधी, स्थानीय तहसँग कुनै समन्वय नगरी विद्यार्थीलाई छात्रबृत्ति दिन पत्र लेखेर पठाएका छन् । स्थानीय तहले परीक्षा लिएर उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई कलेजहरुमा छात्रबृत्ति सिफारिस गर्ने ब्यवस्था छ । तर, सांसद खनालले आफैंले परीक्षा लिएको भन्दै छात्रबृत्तिका लागि सिफारिस गर्दैआएका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २, कैलाली को पहलमा सञ्चालन भएको एमपी छात्रवृत्ति परीक्षा, एम.पी छात्रवृत्ति कार्यक्रमः २०८३, परीक्षा ब्यवस्थापन समितिको नाममा छात्रबृत्ति दिन कलेजहरुमा पत्र आतंक मच्चाएका छन् । उनले छात्रबृत्ति परीक्षा लिन कहाँबाट अनुमति लिए, उनले छात्रबृत्ति सिफारिस कानुनतः गर्न पाउने हो कि होइन ? त्यो समेत ज्ञान नभएका खनालले सांसद पदकै दुरुपयोग गरी विद्यार्थीलाई पत्र दिंदै कलेजहरुमा पठाउने गरेका छन् ।
बानेश्वरमा चियादानी नामको चियापसल संचालन गर्दैजाँदा काठमाडौैं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहसँग जोडिन पुगेपछि कैलाली २ मा टिकट पाएर सांसद भएका खनालले छात्रबृत्तिको पत्र लेखेपछि कलेजहरुमा आतंक नै मच्चिएको छ । स्थानीय तहले सिफारिस गरेकाबाहेक अरु विद्यार्थीलाई छात्रबृत्ति दिन कलेजहरु बाध्य छैनन् । सांसद खनालले जस्तै लेटरप्याडमा छात्रबृत्ति सिफारिस गर्ने र दिंदै जाने हो भने कलेज नै बन्द गर्नुपर्छ, एक कलेज संचालकले भने–प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ३ सय ३४ सांसद छन् । सबैले यसरी परीक्षा लिएको भन्दै बिद्यार्थी पठाउने हो भने कलेजले धान्न सक्छन् ?
सांसद खनालले कलेजहरुसँग सम्बन्ध नराखी, स्थानीय तहसँग समन्वय नराखी केपी खनाल छात्रबृत्तिका लागि कलेज कलेजमा विद्यार्थी पठाउने गरेको पाइएको छ ।
खनालले लेटरप्याडमा विद्यार्थीलाई पत्र थमाएर ‘उल्लेखित शिक्षण संस्थामा गई सम्बत् २०६३ साल जेठ २८ गतेभित्रमा भर्ना हुनुहोला । अन्यथा माथि उल्लिखित शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययनको लागि कुनै पनि दाबी गर्न पाइने छैन ।’ भन्ने पत्र दिएर कलेज कलेजमा पठाउने गरेका छन् ।
विद्यार्थीलाई दिएको पत्रमा बोधार्थ भनेर कलेजको नाम उल्लेख गरिएको पाइएको छ । खनालले बोधार्थ लेखेका कलेजलाई मनोनयन भएका विद्यार्थीलाई सरकारलाई तिर्नुपर्ने दस्तुरबाहेक अन्य कुनै पनि शुल्क नलिई कक्षा ११ र १२ निःशुल्क भर्ना गर्नसमेत अनुरोध गरेका छन् । केपी खनाल छात्रबृत्ति छनोट समिति संयोजकको हवाला दिएर पत्र लेखिएको छ ।
सांसद केपी खनालसँग कलेजसँग नसोधी, स्थानीय तहसँग समन्वय नगरी छात्रबृत्तिमा पढाउनू भनेर पत्र लेख्दै कलेज कलेजमा पठाउने गरेकोबारेमा प्रतिक्रिया लिन आइतबार बिहान पटक–पटक फोन सम्पर्क गर्दा पनि उनले सम्पर्कमा आउन चाहेनन् । उनको प्रतिक्रिया प्राप्त भएमा यथोचित स्थान दिनेछौं ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend