Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


    बुधबार, चैत्र ११ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने भएको छ।

    पार्टीको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएकोले यसबारे छलफल गर्न चैत २० मा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको हाे।

    चैत १० गतेसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नु पर्ने भए पनि ९ जिल्लाले क्रियाशील वितरणका काम सुरू नै गरेका छैनन्। सोमबार यसबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेका थिए।

    स्रोतका अनुसार अनुसार ६८ जिल्लामा मात्रै क्रियाशील सदस्यता वितरण र नवीकरणका कामको विवरण इन्ट्री गर्ने काम भइरहेको छ।

    बाँकी जिल्लामा क्रियाशील वितरण गर्ने समयावधि थप गर्न लागिएको छ। २० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले केही समय थप गर्न सक्छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार