काठमाडौं । नेपालको शासनसत्तामा शेरबहादुर देउवा र डा. आरजु राणाको उदयपछि बैंकरबाट पावर ब्रोकर बनेका भूषण राणा पछिल्ला दिनमा कांग्रेसको आन्तरिक खिचातानीमा सक्रिय भएका छन् । जेनजी आन्दोलनलगत्तै विदेश पलायन भएका भूषण केही दिनयता स्वदेश फर्किएर कांग्रेसको राजनीतिलाई प्रभावित पार्न सक्रिय भएका हुन् ।
बैंकको सीईओ हुँदै दिदी आरजु शक्तिशाली भएपछि नियुक्तिदेखि ठेक्काको डिल गर्ने पावर ब्रोकरको रुपमा उदाएका भूषण पछिल्ला दिनमा नेपालमा आएर देउवा दम्पत्तिलाई पक्राउ नगर्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी गराउनेदेखि कांग्रेसको राजनीतिमा समेत सभापति गगनकुमार थापा बिरुद्ध माहौल बनाउन सक्रिय भएका छन् ।
राणाको सक्रियता र फन्डिङमा देउवा पक्षले सम्पर्क कार्यालय खोल्ने, भेला गर्ने गरेको सूचना सभापति गगन थापासमक्ष पनि पुगेको छ । उनले ठूला निर्माण ब्यवसायीहरुलाई भेटेर देउवा पक्षको लागि सहयोग मागेको स्रोतको दाबी छ । स्रोतका अनुसार रामेछापका पूर्वसांसद पूर्णबहादुर तामाङ(कान्छाराम)मार्फत् पनि राणाले ठेकेदारहरुबाट देउवा पक्षका पूर्णबहादुर खड्कासहितलाई राखी निर्माण ब्यवसायीहरुसँग सहयोग माग गरेका थिए ।
जेनजी आन्दोलनको लगत्तै गएको असोज १२ गते आरजुका भाइ भूषण राणाको जावलाखेलस्थित निवासमा पैसा लुकाएको सूचनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले छापा मारेको थियो । देउवा दम्पत्तिसहितका नेताहरुको घरमा ठूलो परिमाणमा जलेको नोट भेटिएको भन्दै केही नेता तथा उच्चपदस्थ अधिकारीमाथि सीआईबी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान भएको थियो । शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा पनि पुगेर अनुसन्धान टोलीले मुचुल्का उठाएको थियो । त्यही क्रममा भूषण प्रहरीको निशानमा परेका थिए ।
‘देउवा दम्पत्तिको नजिकका पात्र भूषणले नियुक्ति, सरुवा बढुवा र ठेक्कापट्टाको सेटिङमा लेनदेनको काममा सक्रिय सहभागिता जनाउँदै आएको सूचनापछि सीआईबीको टोली भूषणको घरमा पुगेको बताइएको थियो । उनको घरमा छापा मार्दा उनी भने बिदेशमा थिए । तर पछिल्ला दिनमा भने उनी स्वदेश फर्किएर राजनीतिक रुपमा कांग्रेसको पूर्णबहादुर खड्का समूहलाई सहयोग गरिरहेको गगन थापा निकट एक केन्द्रीय सदस्यले नेपालफेसलाई बताए ।
सीआईबीबाट खटिएको टोली एवं स्थानीय प्रहरीको सहयोगमा जावलाखेलस्थित राणाको घरमा प्रहरीले खानतलासी गरी महत्वपूर्ण सामान बरामद गरेको बताएको थियो । सीआईबीले महत्वपूर्ण सामान बरामद गरेको बताए पनि उनी नेपाल फर्किएपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छैन । सीआईबीका प्रमुख एआईजी डा. मनोजकुमार केसीले भूषण राणाको बारेमा सीआईबीले छानबिन गरिरहेको बताए । उनले भने–‘खानतलासी गरी सामानहरु ल्याइएको छ, यसमा सीआईबीले काम गरिरेको छ ।’
भूषण राणा शेरबहादुर देउवा सत्तामा आएपछि बैंकको सीईओ छाडेर नियुक्ति, प्रहरी र निजामती कर्मचारीका सरुवा बढुवादेखि ठेक्कापट्टा सेटिङमा लागेका थिए । दिदी आरजु राणाले कतिपय डिलमा उनलाई प्रतिनिधिको रुपमा खटाउने गरेको आरोप लाग्ने गरेको छ । देउवा प्रधानमन्त्री भएको समय होस् वा गठबन्धन सरकारमा कांग्रेस सहभागी हुँदा होस्, कांग्रेसको भागमा परेका मन्त्रालयअन्तर्गतका नियुक्ति,सरुवा बढुवाका लागि आकांक्षीहरु भूषण राणाकै घरमा धाउने गरेका थिए ।
वीरबहादुर बलायर र रमेश लेखक भौतिक पूर्वाधार मन्त्री हुँदा खरबका ठेक्का सेटिङमा ६ वटा ठूला कम्पनीलाई दिने कार्यमा पनि उनी नै संलग्न रहेको आरोप लागेको थियो । लेखक गृहमन्त्री हुँदा नेपाल प्रहरी र सशस्त्रको एआईजी बढुवामा करोडौं लिएको आरोप भूषणमाथि लाग्दैआएको छ । २०७४ मा नेपाल प्रहरीमा विशेष दरबन्दी थपेर दर्जनभन्दा बढी एआईजी बनाउँदा पनि बोलकबोल गरिएको थियो ।
त्यसो त देउवास्ँगको निकटता देखाई सरुवा बढुवादेखि नियुक्ति र ठेक्कापट्टामा बिचौलियाको काम गर्दै अकूत सम्पत्ति कमाएका रामचन्द्र भट्ट ‘चन्दने’ लगायतका बिचौलियाका बारेमा पनि सीआईबीले छानबिन गर्ने बताइएको थियो । भट्ट भने जेनजी आन्दोलनलगत्तै अष्ट्रेलिया पलायन भएका थिए । उनी पनि केही दिनअघि नेपाल फर्किएर भूषणसँगै मिलेर गगन थापालाई असफल बनाउन पूर्णबहादुर खड्कालाई सहयोग गरिरहेको स्रोतको दाबी छ । देउवा र आरजु पावरमा हुँदा मुख्यसचिव नै नियुक्ति गर्ने हैसियत देखाएर भट्टले नेपालको कर्मचारीतन्त्र नै चलाउने गुड्डी हाँक्ने गरेका थिए ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend