Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं गोकर्णेश्वरमा बर्डफ्लु सङ्क्रमण पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह


    मंगलबार, जेष्ठ १२ २०८३
    370
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका ३ वटा वडामा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’(बर्डफ्लु)पुष्टि भएको छ ।

    नगरपालिकाको वडा नं.२, ३ र ४ मा घातक मानिने बर्डफ्लुको सङ्क्रमण देखिएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । नगरपालिकाले यसको नियन्त्रण र रोकथामका लागि विशेष अभियान सुरु गरेको जानकारी दिएको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीले रोग पुष्टि भएका क्षेत्रहरूमा रहेका सम्पूर्ण हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षीहरू तथा तिनका अन्डा र दानालाई पूर्णरूपमा नष्ट गर्ने कार्य भइरहेको बताए ।

    रोग अन्य क्षेत्रमा फैलिन नदिनका लागि प्रभावित क्षेत्रमा सुरक्षित तवरले पंक्षीहरूको विसर्जन (


    डिस्पोज)गरी निसंक्रमणको कार्यलाई तीव्रता दिइएको छ । बर्डफ्लु पंक्षीहरूबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग भएकाले नगरपालिकाले सर्वसाधारण र फार्म सञ्चालकहरूका लागि निर्देशनहरू जारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार