काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले हाल विभिन्न शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा संघले केही सीमित घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्ने प्रवृत्ति अस्वीकार्य भएको स्पष्ट पारेको छ ।
संघले शिक्षा क्षेत्रको नाममा हुने ठगी, झुटा आश्वासन, नक्कली कागजात प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी–अभिभावकको विश्वासमाथि हुने दुरुपयोगलाई कडाइका साथ अस्वीकार गर्दै यस्ता कार्यमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानूनअनुसार निष्पक्ष, पारदर्शी र कडा कारबाही हुनुपर्नेमा आफ्नो समर्थन रहेको जनाएको छ ।
तर पछिल्लो समय अनुसन्धान तथा नियामकीय निकायहरूको कार्यशैलीप्रति भने ईक्यानले गम्भीर चिन्ता व्यक्त गरेको छ । सीमित घटनालाई आधार बनाएर सम्पूर्ण क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने कार्यले वैधानिक संस्थाहरूको प्रतिष्ठा, लगानी वातावरण तथा नेपालको अन्तर्राष्ट्रिय शैक्षिक विश्वसनीयतामा नकारात्मक असर पर्ने संघको भनाइ छ ।
इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एण्ड्रयू) ले सरकारले प्रहरी प्रशासन प्रयोग गरेर अनुगमनमको नाममा परामर्श व्यवसायीलाई आतङ्कित पार्ने काम गरेको बताए। उनले भने–‘गलत काम गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्यानुपर्छ तर समग्र परामर्श व्यवसायलाई नै धमिल्याउने काम गर्नुहुँदैन । यसरी व्यवसायीमाथी गरिएको धरपकडले सिंगो व्यवसाय र आम नागरिकमा गलत असर पर्न जान्छ । त्यसैले यस विषयमा सरकार र प्रहरी प्रशासन सचेत हुन जरुरी छ ।’
ईक्यानले अनुसन्धान व्यक्तिगत जिम्मेवारीमा केन्द्रित हुनुपर्ने र सिंगो उद्योगलाई सामूहिक रूपमा बदनाम गर्ने शैली स्वीकार्य नहुने उल्लेख गरेको छ । साथै, प्रशासनिक कमजोरी र आपराधिक ठगीबीच स्पष्ट कानूनी सीमारेखा छुट्याउन सरकारसँग माग गरेको छ ।
संघका अनुसार नियतपूर्वक गरिने ठगी, मानव तस्करी, नक्कली कागजात निर्माण तथा वित्तीय हिनामिनाजस्ता गम्भीर अपराधलाई ‘कालोसूची’मा राखेर कडा कारबाही गरिनुपर्छ, तर प्रशासनिक त्रुटिलाई सुधारको अवसरसहित फरक ढंगले हेर्न आवश्यक छ ।
त्यस्तै, अभियोग प्रमाणित नहुँदै सञ्चारमाध्यममार्फत् नाम सार्वजनिक गरी ‘मिडिया ट्रायल’ गर्ने अभ्यासले संविधानले सुनिश्चित गरेको निर्दोषताको अनुमानको अधिकार उल्लंघन गर्ने संघको दाबी छ ।
ईक्यानले अनिश्चित नियामकीय वातावरणका कारण लगानी, उद्यमशीलता तथा रोजगारी क्षेत्रमा त्रास सिर्जना भएको उल्लेख गर्दै यसले नेपालको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा र ‘ग्लोबल एजुकेशनल क्रेडिबिलिटी’ मा समेत असर पार्न सक्ने चेतावनी दिएको छ ।
विज्ञप्तिमा शैक्षिक परामर्श क्षेत्रले नेपालमा करिब १ लाख ५० हजार प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरेको, विदेशी मुद्रा आर्जन तथा मानव पूँजी विकासमा महत्वपूर्ण योगदान पु¥याएको दाबी गरिएको छ ।
संघले अनलाइन तथा विदेशी डिजिटल शैक्षिक प्लेटफर्महरू नियमनबाहिर रहेको भन्दै यस क्षेत्रमा स्पष्ट कानूनी तथा नीतिगत ढाँचा निर्माण गर्न सरकारसँग माग गरेको छ।
महासचिव भवनाथ हुमागाईद्वारा जारी विज्ञप्तिमा कानुन उल्लंघन गर्ने जोसुकैमाथि निष्पक्ष कारबाही हुनुपर्ने दोहो¥याउँदै वैधानिक संस्थाहरूको अपराधीकरण, डिजिटल चुनौतीको उपेक्षा तथा क्षेत्रको योगदानको अवमूल्यन स्वीकार्य नहुने उल्लेख गरिएको छ । साथै, सरकार तथा सरोकारवालासँग सहकार्य गर्दै शैक्षिक परामर्श क्षेत्रलाई पारदर्शी, उत्तरदायी र राष्ट्रिय हितअनुकूल बनाउन संघ प्रतिबद्ध रहेको जनाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend