Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • जसपा र एमालेबीचको छलफल निष्कर्षविहीन


    मंगलबार, चैत्र १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच मंगलबार बालुवाटारमा छलफल भएको छ । दुई दलबीच सत्ता सहकार्यबारे कार्यदल स्तरमा छलफल भएपनि कुनै सहमति हुन नसकेको स्रोतले बताएको छ ।

    टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता, लाल आयोगको प्रतिवेदन कार्यान्वयन लगायतको विषयमा छलफल भएपनि कुनै सहमति नभएको कार्यदलका सदस्य समेत रहेका कर्णले बताए ।

    वार्ताका लागि गठन भएको कार्यदलमा सरकारको तर्फबाट सुवास नेम्वाङ, डा.राजन भट्टराई र विष्णु पौडेल रहेका छन् भने जसपा नेपालको तर्फबाट कर्णसहित सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

    जसपा र ओली बिचको वार्तामा पार्टीका अध्यक्ष द्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराई सहभागी छैनन् । उनीहरु ओली  सरकारमा सहभागी हुने कुराको विरुद्धमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार