स्वास्थ्यमन्त्री निशा मेहतालाई ध्यानाकर्षण गराउँदै १०० ग्रुपको टीम
काठमाडौं । बिपद् व्यवस्थापन, उद्धार, राहत वितरण, मानव सेवा तथा निःशुल्क शिक्षा सेवामा सक्रिय १०० ग्रुपले स्वास्थ्यमन्त्री निशा मेहता र सचिव डा. विकास देवकोटासँग भेटेर वीर अस्पतालका समस्याका बारेमा ध्यानाकर्षण गराएको छ । ग्रुपका उपाध्यक्ष बिक्रम ओलीको समूहले शुक्रबार मन्त्री र सचिवलाई वीर अस्पतालका समस्याका बारेमा ध्यानाकर्षण गराएको हो ।
ग्रुपले वीर अस्पतालमा सेवाग्राहीहरूले भोगिरहेका समस्या, आमसचांर माध्यममा र आफूहरुमा आएका प्रतिक्रिया, अस्पतालभित्रको बिगतका कुशासन, नर्सिङ कर्मचारी लगायतमाथिथ हुकुमी प्रवृत्ति, पारदर्शीता, गुणस्तरीय सेवासम्बन्धी चुनौती तथा अनियमितता नियन्त्रणका विषयमा ध्यानाकर्षण गराएको छ । साथै सेवाग्राहीहरूको पीडा र निम्नवर्गीय कर्मचारीहरूको गुनासोलाई समेटी समस्या समाधानका लागि स्वास्थ्य मन्त्री मेहता र सचिव डा. विकास देवकोटालाई भेटेरै आग्रह गरेको छ ।
ग्रुपले वीर अस्पताल प्रमुखलाई अस्पताल परिसर सरसफाइ, सेवाग्राहीलाई सवारी पार्किङ, शुद्ध खानेपानी, शौचालय, टिकट काउन्टर, बिल काउन्टर थप्न, आकस्मिक कक्षको शैया थप, ओपीडी तथा इमर्जेन्सीमा बरिष्ठ चिकित्सकको उपस्थिति गराउन माग गरेको छ ।
त्यसैगरी आइसीयु शैया बिस्तार, आइसीयु बेड खाली हुँदाहुँदै खाली छैन भनी कमिसनका लागि निजी अस्पतालमा रिफर गर्न, अपरेसन, भिडियो एक्सरे, एमआरआईको मिति छिटो दिन, फार्मेसीमा बीमा लगायतका सबै औषधि राख्न, सुशासन कायम राख्न, हाजिर, पोशाक, बीमा स्वास्थ्य सेवा सुधार, कर्मचारीलाई सेवा सुबिधा ग्यारेन्टी, सिटी, ल्याब, फार्मेसी सहज रुपमा संचालन गर्नका लागि ध्यानाकर्षण गराएको छ ।

अस्पतालका सेवा कुनै सनकग्रस्त प्रवृत्तिका प्रशासकको लहडमा नरोकिने सुनिश्चितता गर्न, कर्मचारीलाई पद, सेवा र तह अनुसार कामकाजमा खटाउन पनि अस्पताल प्रशासनलाई मन्त्रालयबाट निर्देशन दिनका लागि ग्रुपले अनुरोध गरेको छ ।
वीर अस्पतालमा लामो समयदेखि समूह बनाई राजनीतिक गतिविधि गर्ने, विगतमा खरिद र स्टोरमा भएको अनियमितताका बारेमा राज्यका विभिन्न निकायले दिएको निर्देशन अनुसार कारबाही गर्न पनि १ सय ग्रुपले आग्रह गरेको छ ।
बिगतमा प्रशासनलाई दबाब दिई आफन्तलाई जागिरमा नियुक्ति दिलाउने, अस्पतालमा आर्थिक अनियमितता गर्ने, मेडिकल माफियासँग सेटिङमा खरिद–बिक्री गर्न, उनीहरुको अनियमितता बारेमा आवाज उठाउनेलाई पाखुराको बल देखाई कर्मचारी धम्काउने, संस्था सुधार हुन नदिने पात्र र कर्मचारीलाई तत्कालै सरुवा तथा कारबाही गर्नुपर्ने पनि माग गरेको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend