Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गायक रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी


    शुक्रबार, बैशाख २५ २०८३
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्।

    गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले बताए। गायक ढकालले सामाजिक सञ्जालमा आफूलाई ट्रोल गर्दै गरिएका पोस्टका लिंक समेत ब्युरोमा बुझाएका छन्।

    उजुरी दर्ता गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ। गायक ढकालले केही दिन पहिले एक सञ्चारमाध्यममा जेनजी आन्दोलनको विषयमा आफ्नौ भूमिकाबारे बोलेका थिए।

    गत भदौ २४ गते नक्खू कारागारबाट रवि लामिछानेलाई भगाउँदा आफूले गाडी चलाएको ढकालले बताएका थिए। त्यसपछि उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गरेका थिए। त्यही विषयलाई लिएर उनले इमेलमार्फत ब्युरोमा उजुरी दिएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार