ललितपुर । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी ओलीलाई अबिश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौति दिनुभएको छ । उहाँले सबैभन्दा ठुलो पार्टी एमाले भएकोले सबै दल मिलेर हटाउन नस्क्ने चेतावनी दिनुभएको छ । ‘म यो चेतावनी दिन चाहन्छु कि एमाले बाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताब ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबै भन्दा पावरफुल सरकार यही हो यस्लाई कसैले हटाउन सक्दैन -उहाको भनाई थियो ।
ललितपुरमा आयोजित क्षेत्र नम्बर ९को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपत्यका इन्चार्ज समेत रहनुभएका मन्त्री श्रेष्ठले सक्छौ भने अविश्वासको प्रस्ताब ल्याएर देखाउन चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिसाली सरकार हो, यो सरकारलाई कसैले हटाउन सक्दैन । च्ुनावपछि एमाले सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्दै त्यसको लागि सबै नेता र कार्यकर्ता चुनाव लक्षित कार्यक्रममा यही सरकारले चुनाव गर्छ, फेरी बहुमत ल्याएर केपी ओली नेतृत्वको सरकार बन्छ उहाँको भनाई थियो ।
पार्टीको विधान विपपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुषललाई स्पष्टीकरण सोधेको स्पष्ट पार्दै राजनीतिलाई अस्थिर पार्न खोज्नेमाथि कारबाहीको थालनी गरेको चर्चा गर्नुभयो । एमाले भएर पार्टी अध्यक्ष माथि नै कारबाही गर्ने चलखेल गर्छ भने उनीहरुमाथि स्पष्टीकरण नसोधे के गर्ने ? अब कारबाही प्रकृया अघि बढ्यो, चित्त बुझ्दो जवाफ नदिए विधानमा व्यवस्था भए अनुसार अघि बढाइनेछ । उहाले भन्नुभयो-स्पष्टीकरण सोधेका नेताहरुको जवाफ पर्खेका छौ, उचित समयमा विधान अनुसार कारबाही प्रकृया अघि बढाउने छ ।
मन्त्री श्रेष्ठले पार्टीभित्र अराजक प्रकृति बढेकोले कारबाही प्रकृया अघि बढाइएको उल्लेख गर्नुभयो । उहाँहरुलाई पार्टीले रहर गरेर स्पष्टीकरण सोधेका होइन, विधि, प्रकृया र नियम मिचेको कारण पार्टीको पुणर् बैठकको निणर्य अनुसार स्पष्टीकरण सोधेका हौ । प्रधानमन्त्री ओलीको कार्यकालमा माओवादीका महासचिव नेत्रबहादुर चन्द (विप्लब) र तराई आन्दोलनका नेता सिके राउतलाई राजनीतिको मुल धारमा ल्याउन सफल भएको चर्चा गर्नुभयो ।
उहाँले प्रचण्ड प्रधानमन्त्री भएपछि मात्रै मेलम्चीको पानी खुवाउने योजना असफल भएको उल्लेख गर्दै बुहारी एवं खानेपानी मन्त्री बीना मगरको कारण मेलम्चीको पानी आउन नसकेको टिप्पणी गर्नुभयो । ओली सरकारलेएक वर्ष अघिनै पानी ल्याउने तयारी गरिसकेको थियो , त्यसबेला खानेपानी मन्त्रीकै कारण रोकिएको थियो ।
अब ढुक्क हुनुस मेलम्चीको पानी उपत्यका छिरिसकेको छ, केही दिनमै घरघरमा पानी आउछ । भन्नुभयो-अब चैत १५ गते घरघरमा आउनेछ, यो सरकारको यो अति महत्वपुणर् सफलता हो । यस्ले प्रचण्डको अर्को योजना असफल भएको छ । अगुवा कार्यकर्ता भेलामा उहाले आफ्नो निर्वाचन क्षेत्र नमुना क्षेत्र भएको बताउदै अझै थप योजना सहितको काम गर्न बाकी रहेको बताउनुभयो । भन्नुभयो-मेरो निर्वाचन क्षेत्रका अधिकांस सडक पिच भएको छ , एक दर्जन भन्दा बढी स्थानमा पार्क निर्माण भएको छ ।
भीमढुंगा र रामकोट जोड्ने क्षेत्रमा काठमाडौकै लामो झोलुङगे पुल बन्ने भएको छ । स्युचाटारवासीको घर घरमा खानेपानी पुगिसकेको छ । उहाले सबै अब निर्वाचनको लागि तयारी रहन सबै कार्यकर्तालाई आग्रह गर्दै त्यसको लागि पार्टीले सहयोग गर्ने बताउनुभयो । भन्नुभयो-एमालेको सूर्य चिन्हमा मतदान गर्न सबै कार्यकर्तालाई अघि बढ्न निर्देशन दिदै त्यसको लागि आफुले सबै प्रकारको सहयोग गर्ने बताउनुभएको छ ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend