अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै प्लेटफर्ममार्फत सामाजिक सञ्जालमा फर्किने भएका छन्।
उनका सल्लाहाकारले दिएको जानकारी अनुसार उनी आफ्नै सामाजिक सञ्जाल लिएर फर्किन लागेका हुन्।
‘मलाई लाग्छ कि, हामीले राष्ट्रपति ट्रम्पलाई सामाजिक सञ्जालमा दुई वा तीन महिनामा फर्किएको देख्नेछौं,’ सल्लाहकार जेसन मिलरले फक्स न्युजलाई भने।
उनका अनुसार त्यो प्लेटफर्म,’ सामाजिक सञ्जालकै सबैभन्दा हटेस्ट टिकट हुनेछ।’
मिलरका अनुसार यो मिडिया फरक खालको हुनेछ।
गत जनवरी ६ मा अमेरिकाको वासिङटन डिसीस्थित क्यापिटलमा भएको हिंसापछि ट्रम्पलाई फेसबुक, ट्विटर र स्नापच्याटले निलम्बन गरेको थियो। यस्तै युट्यूवले पनि ट्रम्पमाथि प्रतिवन्ध लगाएको थियो।
सो हिंसा ट्रम्पका समर्थकहरूले गरेका थिए जसमा प्रहरीसहित ५ जनाले ज्यान गुमाएका थिए।
त्यसको केहीदिनपछि ट्विटरले ट्रम्पको @realdonaldtrump नामको आइडी स्थायीरूपमा बन्द गरेको हो।
ट्रम्पले ट्विटर १० वर्ष देखि प्रयोग गर्थे। उनले आफ्ना समर्थकहरूसँग प्रत्यक्ष कुराकानी गर्न ट्विटर प्रयोग गर्थे।
ट्रम्प कुन प्लेटफर्मबाट आउन लागेका हुन् भन्ने खुलेको छैन। उनका सल्लाहकारले यसबारेमा थप कुरा नखुलाएको बिबिसीले जनाएको छ।
‘राष्ट्रपति ट्रम्पले के गर्छन् भनेर सबैजनाले पर्खिनेछन् र हेर्नेछन्,’ मिलरले भने।
मिलरका अनुसार यसबारेमा फ्लोरिडाको मार-ए-लागो रिसोर्टमा विभिन्न टिमसँग मिटिङहरू भएका छन्।
‘असंख्य कम्पनी’हरूले आफ्नो सामाजिक सञ्जाल चलाउन ट्रम्पलाई आग्रह समेत गरेको मिलरले बताए।
‘यो प्लेटफर्म ठूलो हुनेवाला छ,’ उनले ट्रम्पका समर्थकहरू त्यस मिडियामा आउने दाबी गर्दै भने, ‘करोडौं मानिसहरू आउनेछन्।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend