Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ‘प्रचण्ड’ले ओलीलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति : कमल थापा


    सोमबार, चैत्र ९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रचण्डले ओलीलाई ‘वर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरेको टिप्पणीप्रति आश्चर्य व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले ‘विदेश एजेन्ट’ भनेपछि पनि सरकारलाई दिएको समर्थन कायम राख्नुलाई लाजमर्दाे राजनीति भनेका छन् ।

    थापाले लेखेका छन्, ‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिनअघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘वर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ । यस्तो गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार