Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • खगेन्द्र


    सोमबार, चैत्र ९ २०७७
    985
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सामाजिक सञ्जालमार्फत् देशको राजनीति र राजनैतिक दलका नेताहरुमाथि कटाक्ष प्रहार गर्ने व्यक्ति हुन् -लेखक खगेन्द्र संग्रौला। 

    पछिल्लो समय देशको राजनीतिक अवस्था र दलका नेताहरुको गतिविधिलाई नजिकबाट नियाली रहेका लेखक संग्रौलाले वर्तमान अवस्थालाई लिएर टिप्पणी गरेका छन्। 

    यसैबीच हिजो स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको त्रास बढे सँगै घर बाहिर ननिस्किन आग्रह गर्दै जारि गरेको विज्ञप्तिप्रति संग्रौलाले शंका ब्यक्त गरेका छन्।

    सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, अहिलेको सरकार विरुद्द सडकमा आउनु पर्ने बेला आएकोमा मन्त्रालयले बाहिर ननिस्किनु भन्नु सेटिङ् त हैन ? 

    उनले लेखेका छन्,  ‘विधान र संसद एवं गणतन्त्र र संघीयतालाई ध्वस्त पार्ने भष्मासुर प्रवृत्तिविरूध्द दुनियाँ सडकमा उत्रिनुपर्ने बेलामा स्वास्थ्य मन्त्रालयले काेराेनाबाट जाेगिन “भीड नगर” भन्ने उर्दी जारी गरेछ। शंका लाग्छ, सत्ताकाे भष्मासुरे काेराेना र प्रकृतिकाे काेभिड काेराेनाबीच सेटिङ मिलेकाे त हैन ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार