काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
सरकारले कर्मचारीलाई शनिबार र आइतबार गरि दुई दिन बिदा दिए पनि बिरामीको चाप र स्वास्थ्य सेवाको संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न सातै प्रदेशका अस्पतालहरुलाई निर्देशन दिएको हो ।
सरकारले सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै सरकारी अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेका थिए । तर, टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू आइतबार अस्पताल पुगेर रित्तो हात फर्किनुपर्ने अवस्था सिर्जना भयो । जनस्तरबाट चर्को आलोचना भएपछि मन्त्रालयले बीचको बाटो रोजेको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कामको भार र उपलब्ध जनशक्तिको व्यवस्थापन गरेर आइतबार पनि अनिवार्य रूपमा ओपीडी सेवा उपलब्ध गराउनू ।’
मन्त्रालयले अस्पताल प्रशासनहरूलाई केही विकल्प समेत दिएको छ, जसमा आइतबार ड्युटी गर्ने कर्मचारी वा चिकित्सकलाई शनिबार बाहेक साताको अन्य कुनै दिन सट्टा बिदा दिने गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
बिरामीको चापलाई मध्यनजर गर्दै सिफ्ट अनुसार चिकित्सक र स्वास्थ्यकर्मी खटाउन मन्त्रालयले निर्देशन नै दिएको छ ।

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend