Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले संसदीय दलको बैठकमा वामदेव गौतम सहभागी, नेपाल–खनाल समूह अनुपस्थित


    शनिबार, चैत्र ७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । साढे १० बजेदेखि सुरु भएको संसदीय दलको बैठकमा पार्टीका उपाध्यक्षा तथा एकता अभियानका संयोजक वामदेव गौतम पनि उपस्थित छन् ।

    ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गौतम तटस्थ थिए । उनी एकता अभियान गठन गरी त्यसको संयोजक भएका थिए । तटस्थ रहँदै पार्टी एकताको अभियानमा रहेका गौतम आज बालुवाटारको संसदीय दलको बैठकमा सहभागी भएका छन् । गौतम संसदीय दलको बैठकमा सहभागी भएको सांसद खिमलाल भट्टराईले नै पुष्टि गरेका छन् ।

    गौतमले सबैलाई बैठकमा उपस्थित हुनका लागि आग्रह गरेका थिए । गौतमले आग्रह गरे पनि माधव नेपाल र झलनाथ खनाल समूहका कोही पनि बैठकमा सहभागी छैनन् । २८ फागुनकोे निर्णय नसच्चिएसम्म नेपाल पक्षले बैठकमा सहभागी हुन नसक्ने अडान राख्दैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार