Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा ओली समूहको केन्द्रीय कमिटी बैठकः भृकुटीमण्डपमा नेपाल–खनाल समूहको युवाभेला 


    शनिबार, चैत्र ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)को माधव नेपाल–झलनाथ खनाल समूहनिकट युवासंघको राष्ट्रिय भेला हुँदैछ । माधव–झलनाथ समूहले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला गरिसकेपछि जनवर्गीय संगठनका भेला पनि धमाधम हुन थालेका छन् । शुक्रबार अखिल नेपाल महिला संघको भेला सम्पन्न गरिसकेको छ भने शनिबार (आज) युवाभेला राष्ट्रियसभागृह भृकुटीमण्डपमा आयोजना गरेको छ ।

    प्रधानमन्त्री केपी ओलीले फागुन २८ मा बालुवाटारमा गोप्यरुपमा गुट भेला गरी केन्द्रीय समितिको बैठकका नाममा नेताहरुको जिम्मेवारी खोस्ने र २३ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेपछि माधव–झलनाथ समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको जनाएको छ ।  

    भृकुटीमण्डपमा नेपाल–खनाल समूहको युवाभेलामा प्रमुख अतिथिका रुपमा माधव नेपाल छन् ।

    उता, एमालेको ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार