Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै


    शनिबार, चैत्र ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (एमाले) को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ( शनिवार ) बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।

    संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यहि चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

    यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताएका छन् ।  एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार