काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाई बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा बिघटन गरेपछि नेपालमा पार्टी विभाजनको शृंखला सुरु भएको छ । प्रतिनिधिसभा बिघटनपछि नेकपा विभाजित भयो । तर निर्वाचन आयोगले निर्णय समयमा नगरी अड्काएर राख्यो । सर्वोच्च अदालतले फागुन २३ मा नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर एमाले–माओवादीबीच २०७५ जेठ ३ मा भएको एकता नै खारेज गरिदियो । एमाले र माओवादी केन्द्र अलग भएपछि पार्टीमा विभाजन आउने क्रम जारी छ । प्रधानमन्त्री ओलीले एमालेमा माधव नेपालसहितका बहुमत पदाधिकारीलाई पेलेरै जाने र बालुवाटारमा गोप्य बैठक राखी केन्द्रीय सदस्य थप्ने, नेताहरुको जिम्मेवारी खोस्ने गरेको बिरोधमा अर्को पक्ष समानान्तर भेला गरिरहेको छ ।
ओलीले सरकार टिकाउन चौथो पार्टी जनता समाजवादी (जसपा) पनि फुटाउन सबै खालका अस्त्र प्रयोग गरिरहेका छन् । जसपाभित्र पूर्वराजपाको समूह ओलीको सरकारमा सहभागी हुन चाहिरहेको छ भने पूर्व समाजवादीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीको सरकारमा जानै नहुने पक्षमा छन् । यस्तो अवस्थामा पूर्वराजपा पार्टी नै विभाजन गरी सत्तामा जाने पक्षमा छ । बिहीबारबाट त पूर्वराजपाको छुट्टै बैठक बस्न थालेको छ । यसले जसपा पनि बिभाजनकै दिशामा उन्मुख देखिएको छ ।
पूर्वराजपाका नेताहरु बिहीबार बेलुका इन्द्रेणी फुडल्याण्डमा छुट्टै भेला गर्न पुगेपछि जसपा फुटको दिशाातिर उन्मुख भएको आशंका ब्याप्त छ । बिहीबार बस्ने भनिएको जसपाको कार्यकारिणी समितिको बैठक स्थगित भयो । बैठक स्थगित भएपछि बिहीबार साँझ पूर्व राजपाका नेताहरूले छुट्टै भेला गरेका थिए । ओलीले रेशम चौधरीको कैद मिनाहा, मुद्दा फिर्ता लिने र सबै माग पूरा गर्ने भनेकाले उनकै सरकारमा जानुपर्ने पक्षमा पूर्वराजपाका महन्थ ठाकृुर, राजेन्द्र महतोहरु छन् ।
पूर्वराजपाका महेन्द्र राय मात्रै सरकारमा जानु नहुने पक्षमा छन् । पूर्व समाजवादीका प्रदीप यादव, इस्तियाक राईहरु पनि पार्टीमा विभाजन भएमा ओलीतिरै जाने संभावना ब्याप्त छ । ४ सांसदमा २ निलम्बनमा भएकाले ३२ सांसदमध्ये २४ जना विभाजन गरेरै ओली पक्षमा जाने र मन्त्री खाने पक्षमा पुगिसकेका छन् । ओलीले राजपा सरकारमा सहभागी भएमा उपसभामुखसहित १० मन्त्रालय दिने प्रस्ताव राखेकाले पार्टी फुटाएरै भए पनि जानुपर्ने पक्षमा जसपाका नेताहरु पुगेका छन् ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend