Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • खरेलले दिए राजीनामा, महान्यायाधीवक्तामा दाहाल र बडालमध्येबाट नियुक्तिको तयारी


    शुक्रबार, चैत्र ६ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाबुराम दाहाल अग्नि खरेल र रमेश बडाल

    काठमाडौं । नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको छ । उनले राजीनामाका बारेमा पत्रकार सम्मेलन नै राखेका छन् ।

    प्रतिनिधिसभा बिघटन गर्ने ब्यवस्था संविधानमा नभएको भाषण गरेको भिडियो सार्वजनिक भएपछि निकै अप्ठेरोमा परेका खरेलले यसअघि नै रानपमा दिएको समाचारमध्यममा सार्वजनिक भएको थियो । खरेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त भएका थिए । पूर्व कानुनमन्त्री समेत रहेका खरेलले झापामा प्रतिनिधिसभाको आगामी निर्वाचनमा उम्मेदवार हुने भएकाले त्यसको तयारीका लागि राजीनामा दिएको चर्चा छ ।

    खरेलले राजीनामा दिएपछि नयाँ महान्यायाधीवक्तामा बाबुराम दाहाल र रमेश बडालमध्येबाट बनाउने तयारीमा प्रधानमन्त्री केपी ओली छन् । दाहाल अहिले पनि प्रधानमन्त्रीका कानुनी सल्लाहकार हुन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार