Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सेनालाई ढोका खोल्ने काममा दुरुपयोग गर्नु दुर्भाग्य हो : हर्क साम्पाङ


    शनिबार, चैत्र २१ २०८२
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सामाजिक संजारमा सक्रिय रहने र छिनछिनमा प्रतिक्रिया राखिरहने श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नेपाली सेनाको दुरुपयोगप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

    मन्त्री तथा राजनीतिक नेताहरूको व्यक्तिगत सुरक्षामा सेनालाई खटाउने र गाडीको ढोका खोल्ने जस्ता कार्यमा लगाउने प्रचलनलाई उनले ‘दुर्भाग्यपूर्ण’ बताएका छन् ।
    सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सांसद साम्पाङले नेपाली सेनाको मुख्य जिम्मेवारी देशको सिमाना सुरक्षा र राष्ट्रिय हितको संरक्षण भएको उल्लेख गरेका छन् ।

    उनले सेनालाई त्यसबाट विचलित गराएर अनावश्यक कार्यमा लगाइनु गलत भएको तर्क राखेका छन् ।

    ‘देशको सिमानामा खटाइनु पर्ने र सीमा रक्षक बनाइनु पर्ने नेपाली सेनालाई मन्त्री र नेताहरूको सुरक्षामा खटाइनु, गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य हो’ हर्कले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार