Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • वर्तमान सरकारविरुद्ध १० दिनभित्रै अविश्वासको प्रस्ताव पेश हुन्छ : डा. शशांक कोइराला


    बिहिबार, चैत्र ५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार बिरुद्ध १० दिनभित्रै संसदमा अविश्वास प्रस्ताव आउने बताएका छन् ।

    कोइरालाले अविश्वास प्रस्तावको तयारी र अन्य दलहरूसँग परामर्श भइरहेको जानकारी दिदै भने, ‘हप्ता–दस दिनभित्रै ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनसक्छ ।’ कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन विराटनगर पुगेका कोइरालाले विमानस्थलमा सञ्चारकर्मीहरूलाई यस्तो जानकारी दिएका हुन् ।

    ओली सरकार अवैधानिक भएकाले त्यसको विकल्प अनिवार्य छ ।  अविश्वास प्रस्तावबाटै मुलुकले निकास पाउने बताउँदै उनले  
    भने, ’कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर ओलीको विकल्प खोजिनेछ ।’ नेता कोइरालाले सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै ओली सरकारको
    वैधानिकता गुमेको बताउँदै यस्तो अवैधानिक सरकार लामो समय टिक्नु देशका लागि घातक हुने बताए । उनले कांग्रेसकै नेतृत्वमा चुनावी सरकार गठन हुने पनि बताएका छन् ।

    संसद विघटन गर्ने ओलीको कदमविरुद्ध आन्दोलित भएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार निर्माण गर्न सम्बन्धमा एक खालको समझदारी बनिसकेको र छिटै त्यसले ठोस् आकार लिने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार