Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्दै


    बिहिबार, चैत्र ५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

    बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमालेका प्रमुख सचेतक  विशाल भट्टराईले जानकारी दिए ।

    नेता भट्टराईका अनुसार सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई बैठकमा बोलाइएको छ । 

    तर, आजको बैठकमा माधव नेपाल पक्षले उपस्थिति जनाउन नसकिने भन्दै बैठकमा नजाने घोषणा गरिसकेको छ । ललितपुरको सानेपामा हिजोदेखि आजसम्म चलिरहेको राष्ट्रिय कार्यकर्ता भेलाले आफुहरु जान नसक्ने नेपाल पक्षका नेता योगेश भट्टराईले जानकारी दिए । 

    पार्टीभित्र आन्तरिक द्वन्द चर्किरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार