Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आफ्नो पार्टीको रक्षा गर्न नसक्ने ओली, देश र लोकतन्त्रको रक्षा गर्छु भन्दै मजाक गर्छन् : युवा नेता पौडेल


    बिहिबार, चैत्र ५ २०७७
    1.4K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई फुटाएर चिराचिरा बनाएको बताएका छन्। 

    लोकतन्त्र कसैको पेवा र दाइजो हैन भन्दै नेता पौडेलले प्रधानमन्त्री ओलीले त्यसको आफूखुशी प्रयोग गरेको बताए । 

    सामाजिक सञ्जालमा ट्वीट गर्दै पौडेलले आआफ्नो पार्टीको रक्षा गर्न नसक्ने ओलीले देश र लोकतन्त्रको रक्षा गर्छु भन्नु मजाक भएको उल्लेख गरेका छन् । उनले आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिङ्गो देशलाई  एकताबद्ध गर्न सक्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।   

    उनले लेखेका छन्, ‘लोकतन्त्र कसैको पेवा र दाइजो होईन ताकि आफूखुसी प्रयोग गर्न सकोस्। पार्टीलाई चिराचिरा बनाएर दुनिया सामु रमिता देखाएका ओलीले अझै स्थायीत्व र यो देशको लोकतन्त्र रक्षा गर्छु भन्नु भद्दा मजाक बाहेक केही होइन्र। आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिङ्गो देशलाई  एकताबद्ध गर्न सक्छ ?’

    pradeep.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार